पाल्पा । पाल्पामा हिजो बेलुका टिपरले ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालकको उपचारको क्रममा निधन भएको छ ।
सोमबार साँझ सवा छ बजे सिद्दार्थ राजमार्गमा बुटवलबाट तानसेन तर्फ आउँदै गरेको लु १ क २६१४ नम्बरको टिप्परले बिपरित दिशाबाट जादै गरेको लु ४४ प ५८०५ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।
उक्त दुर्घटनामा मोटरसाईकल चालक गुल्मीको छत्रकोट गाउँपालिका-३ हर्दिनेटा बस्ने बर्ष अन्दाजी ३०/३२ को जिवन पन्त घाईते भएका थिए ।
घाइते पन्तको उपचारको लागी प्रादेशिक अस्पताल बुटवल रुपन्देही पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए ।
प्रहरीले टिपर र टिपर चालकलाई नियन्त्रणमा लिएको छ ।