काठमाडौं । अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रुपमा शपथ लिएका छन् ।
सर्वोच्च अदालतमा आज आयोजित एक कार्यक्रममा कामु प्रधानन्यायाधीश कार्कीले पोखरेलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।
नेपाल राष्ट्र बैंक ऐन, २०७८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहेको व्यवस्था छ । सोही ऐनको दफा १०८ (१) मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा नीजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।
शपथ ग्रहण कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर, रजिष्टार नारायणप्रसाद पन्थी, सह-रजिष्ट्रार नारायणप्रसाद रेग्मी, नेपाल राष्ट्र बैंकका निर्देशक एवम् सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटालगायतका अधिकारीहरूको उपस्थित रहेको गभर्नरको कार्यालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।