काठमाडौं । सामाजिक सञ्जाल टिकटकमार्फत महिलाको चरित्रहत्या गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
टिकटकमा पीडितको फोटो र भिडियोमा टाउको जोडेर अश्लीलता सहित प्रसारण गरेको आरोपमा चितवनको राप्ति नगरपालिका-९ बस्ने बर्ष २९ को बिजय लामा भन्ने डम्बर बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा साइबर व्यूरोबाट खटिएको प्रहरी टोलीले बुधबार चितवनबाट पक्राउ गरेको हो ।
तामाङलाई आजको मितिले काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भई आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरी उपरीक्षक पशुपति कुमार रायले बताए ।