रामपुर (पाल्पा) । कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवक पाँच दिनपछि आज मृत अवस्थामा भेटिएका छन् ।
रामपुर नगरपालिका-४ स्थित कालीगण्डकीको कोप्चेघाटमा गत वैशाख १६ गते अपराह्न पौडी खेल्ने क्रममा २१ वर्षीय अभिषेक राउत बेपत्ता भएका थिए ।
खोजी गर्ने क्रममा आज बिहान रामपुर-४ वडभानस्थित कालीगण्डकी नदी किनारमा उनको शव भेटिएको इलाका प्रहरी कार्यालय रामपुरका निमित्त प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक दलबहादुर बुढाले जानकारी दिए।
भारतको हिमाञ्चल प्रदेश कसैली घर भएका राउत रामपुर-५, बेझाडस्थित एक ट्याटु हाउसमा साथीसँग काम सिक्न आएका हुन् । शनिवारको दिन उनी साथीसँगै नदीमा पौडी खेल्न पुगेका थिए ।
शव परीक्षणका लागि रामपुर अस्पताल लगिएको बताइएको छ।