तनहुँ । तनहुँको व्यास नगरपालिका-१० बिपी भञ्ज्याङकी २० वर्षीया राममाया विक र उनका चार वर्षीय छोरा लप्सन १७ दिनदेखि बेखबर छन् ।
दुवैजना यही वैशाख ३ गतेदेखि बेखबर छन् । माइतीघर, आफन्तजन, इष्टमित्र सबैतिर खोजी गरे पनि फेला पार्न नसकिएको राममायाका श्रीमान् लोकबहादुर विकले बताए । “आमाछोराको खोजीका लागि प्रहरी कार्यालयमा जाहेरी दिएको छु, तर कुनै खबर नपाउँदा चिन्ता थपिएको छ”, उनले भने ।
भारतको रोजगारीमा रहेका विक श्रीमती हराएको खबर पाएलगत्तै नेपाल फर्किएका हुन् ।