काठमाडौं । एक महिलालाई अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम लिएर सम्पर्कबिहीन भएकी धरानकी युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-१३ स्थाई घर भई हाल लाजिम्पाट बस्ने वर्ष २५ की सयना श्रेष्ठ रहेकी छन् ।
उनले अमृता गुरुङलाई वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया पठाईदिन्छु, अष्ट्रेलिया जानको लागि तीस लाख रुपैयाँ लाग्छ भनेर पटकपटक गरी ३० लाख रुपैयाँ लिएर सम्पर्कबिहीन भएकी थिइन्।
श्रेष्ठले अष्ट्रेलिया पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु मासिक तीन लाख तलब हुन्छ भनी प्रलोभनमा पारेकी थिइन् ।
अमृता गुरुङले आफू ठगिएको थाहा पाएपछि वैदेशिक रोजगार विभागमा उजुरी दिएकी थिइन् ।
विभागले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवनलाई पत्र लेखेपछि प्रहरीले श्रेष्ठलाई आज लाजिम्पाटबाट पक्राउ गरेको सोमेन्द्र सिंह राठौरले बताए ।