पोखरा । पोखरा महानगरपालिकाको बुलडोजर पल्टिँदा चालकको घटनास्थलमै निधन भएको छ ।
आज साँझ पोखरा महानगर- ३२ लामेआहाल स्थित डम्पिङ साईडमा पोखरा महानगरपालिकाको ग १ ग १३४ नं. को बुल डोजरले फोहोर व्यवस्थापन गर्ने क्रममा अचानक अनियन्त्रित भई पल्टिँदा चालकको निधन भएको हो ।
मृत्यु हुनेमा रामबजार बस्ने वर्ष अन्दाजी ६०/६२ को मुसाफिर दास रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवण कुमार वि.क. ले बताए ।
घटनास्थानमा ईलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी निरीक्षक भगवानराज थापाको कमाण्डमा टोली खटिएको बताइएको छ ।
यसबारेमा थप विवरण आउन बाँकी छ ।