तानसेन । पाल्पामा पौडी खेल्ने क्रममा डुबेर सात वर्षकी बालिकाको निधन भएको छ ।
जिल्लाको निस्दी गाउपालिका-३ झिरुबास घर भई सोही पालिकाको-५ ढुङगानाबेसीमा डेरा गरी बस्ने बेद बहादुर सोतीको छोरी बर्ष ७ की उष्मि सोती को निधन भएको हो ।
शुक्रबार बेलुका ५:२० बजे नजिकै रहेको निस्दी खोलामा पौडि खेल्ने क्रममा अचानक पानीमा डुबी उनको निधन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसपी वीरेन्द्र थापाले बताए ।