काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपअन्तर्गत भुटानविरुद्ध खेल सुरु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको खेलका लागि प्लेइङ ११ मा मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले अञ्जन विष्ट लाई मौका दिएका छन् ।
अञ्जनले लाओसविरुद्ध पहिलो रोजाईमा परेका भरत खवासको स्थान लिएका छन्। सहिद स्मारक ए डिभिजन लिगका दौरान अनुहारमा चोट लागेपछि अञ्जनले पछिल्लो खेल गुमाएका थिए ।
पहिलो खेलमा नेपालले लाओसलाई २-० ले पराजित गरेको थियो । नेपालका लागि अनन्त तामाङ र नवयुग श्रेष्ठले गोल गरेका थिए ।
नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले कप्तान किरण चेम्जोङको कप्तानीमा सुरुआती-११ घोषणा गरेका हुन् । फरवार्ड अन्जन विष्टले भुटानविरुद्ध प्रधानमन्त्री थ्री नेसन्स कपको खेलमा सुरुवात गर्ने भएका छन् ।
नेपाली टोली –
गोलकिपर – किरण चेम्जोङ
डिफेन्डर – अनन्त तामाङ, विकास खवास, सनिश श्रेष्ठ, रोहित चन्द
मिडफिल्डर – नविन लामा, पुजन उपरकोटी, एरिक विष्ट,
फरवार्ड – अन्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ