काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईको पारिश्रमिक वृद्धि गरेको छ ।
क्यानले दुई हजार डलरले वृद्धि गर्दै देसाईको पारिश्रमिक मासिक १२ हजार अमेरिकी डलर पुर्याएको हो ।
नेपाललाई एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउँदै विश्वकप छनोटमा पुर्याएमा तलब वृद्धि गर्ने यसअघिको सम्झौताअनुसार उनको पारिश्रमिक २० प्रतिशतले वृद्धि गरिएको क्यानले जनाएको छ ।
उनको प्रशिक्षणमा हालै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई जोगाउँदै आइसिसी क्रिकेट विश्वकप लिग टुको शीर्ष तीनमा पर्दै विश्वकप छनोटमा सिधै स्थान बनाएको छ ।
बढेको तलब अप्रिल १ बाट कार्यान्वयनमा आउने बताइएको छ।
देसाई गत माघ २३ गते प्रशिक्षकमा नियुक्त भएका थिए। देसाई प्रशिक्षक भएपछि नेपालले खेलेका १२ खेलमध्ये ११ मा जित निकालेको छ।