काठमाडौं। चितवनको रामपुरमा रहेको कृषि तथा वन विश्वविद्यालयको कृषि संकायका डीन जयप्रकाश दत्तले कार्यालयकी महिला कर्मचारीमाथि अश्लील हर्कत गरेको भिडिओ सार्वजनिक भएको छ ।
मंगलबार भएको जुम बैठकमा सोही संकायका सहप्राध्यापक सन्तोष मरहठ्ठाले आफ्नो प्रस्तुति दिइरहँदा डीन कार्यालयको कार्यकक्षमा आफ्नै कुर्सीमा बसेर महिला कर्मचारीसँग अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएको थियो ।
सार्वजनिक दुईवटा भिडियोमध्ये एउटामा कर्मचारीलाई हातले तानेर काखमा राखेको देखिन्छ भने अर्को भिडियोमा उनको संवेदनशील अंगमा चुम्बन गरेको देखिन्छ ।
भिडिओमा महिला भने डिनको काखबाट फुत्कन खोजेको देखिन्छ। तर डिन दत्तले जबरजस्ती तानिरहेको देखिन्छ।
जुम बैठक चलिरहँदा महिला कर्मचारीसँग अश्लील हर्कत गर्ने डीन दत्तमाथि कारबाही हुने उपकुलपति पुण्यप्रसाद रेग्मीले बताएका छन् ।