काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादव आफूहरुको समर्थन र प्रस्तावमा निर्वाचित भएको बताएका छन्।
एमालेका तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता भएपछि सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले नेपालको पहिलो राष्ट्रपति डा. यादवलाई आफूहरुको प्रस्तावमा नै निर्वाचित गराएको बताएका हुन् ।
उनले आफ्नो पार्टीले त्यसपछि क्रमश: आफ्नै उम्मेदवार उठाएको बताए।