भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच आज भेटवार्ता भएको छ ।
बालकोटस्थित अध्यक्ष ओली निवास पुगेका राजदूत श्रीवास्तव र ओलीबीच दुईदेशीय मैत्रीपूर्ण सम्बन्ध र वर्तमान राजनीतिक परिवेशका बारेमा छलफल भएको ओलीको सचिवालयले जनाएको छ । करिब एक घण्टा भएको छलफलमा भारतीय राजदूत श्रीवास्तवले राष्ट्रपति निर्वाचनका बारेमा समेत चासो लिएका बताइएको छ ।
अपडेट: केपी शर्मा ओलीले सचिवालयले यो समाचार झुटो भएको जनाएको छ ।