पाल्पा । ससुराली घरमा खाना खाएर सुतेका एक व्यक्ति बिहानपख मृत अवस्थामा भेटिएका छन् ।
श्रीमती कोपिला सुवेदीसँग फाल्गुन ५ गते ससुराली गएका थानेश्वर सुवेदी शनिबार (हिजो) बेलुका खाना खाएर सुतेका थिए । आज बिहान श्रीमती (कोपिला) ले चिया पिउन उठाउन खोज्दा उनी ओछ्यानमा मृत अवस्थामा फेला परेका हुन् ।
पाल्पा रिब्दिकोट गाउँपालिका-४ भार्कोट घर भएका सुवेदी विगत १० बर्ष देखी बुटवल उप-महानगरपालिका-१२ नयाँगाउँमा बस्दै आएका थिए ।
उनी रिब्दिकोट गाउँपालिका-४ भार्कोटमा रहेको ससुराली प्रेम बिश्वकर्माको घरमा आज बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसपी वीरेन्द्र थापाले बताए ।
थापाका अनुसार मृत सुवेदीको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाल्पामा पठाईएको छ ।