काठमाडौं । रुपन्देहीमा श्रीमतीलाई हात खुट्टा बाँधी निर्ममपुर्वक कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको मायादेवी गाउँपालिका-१ धमौली बस्ने सञ्जय भन्ने रामनारायण लोध रहेका छन् ।
उनले गत मंसिर १२ गते आफ्नी श्रीमती वर्ष २४ की सरोज लोधलाई भारतमा मेला हेर्न जान भनी मोटरसाईकलमा राखी भारतको डफालीपुर भन्ने गाउमा लगी हात खुट्टा बाँधी निर्ममपुर्वक कुटपिट गरी योजनाबद्ध तरिकाले हत्या गरी फालेको भन्दै प्रहरीमा जाहेरी परेपछि माघ २५ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी श्यामु अर्यालले केटिएम दैनिकलाई बताए ।
डिएसपी अर्यालका अनुसार पक्राउ परेका लोधमाथि थप अनुसन्धानको लागि जिल्ला अदालतबाट छ दिन म्याद थप गरिएको छ ।