प्रधान सेनापति प्रभुराम शर्मासँग नेपालका लागि चीनका राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् ।
नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा बिहीबार भएको भेटमा दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
राजदूत सोङले हिजो (बुधवार) सभामुख देवराज घिमिरेसँग सिंहदरबारस्थित सभामुखको कार्यालयमा भेटघाट गरेका थिए ।
उनी नेपालका लागि २२ औँ चिनियाँ राजदूत हुन् । यसअघिकी राजदूत होउ यान्छी कार्यकाल पूरा गरी स्वदेश फर्किएपछि चीनले चेनलाई नयाँ राजदूतको रूपमा पुस २४ गते नेपाल पठाएको थियो ।