
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछिको अवस्थामा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच कुराकानी भएको बुझिएको छ । रास्वपा सरकारबाट बाहिरिएपछि तीनवटा मन्त्रालय खाली छन् ।
यसअगाडि गृहमन्त्री बनेका रवि लामिछानेको सासंद पद सर्वोच्च अदालतले खारेज गरेपछि गृहमन्त्रालय पनि प्रधानमन्त्री मातहात नै राखिएको छ । अहिले २५ मन्त्रालयमध्ये १९ जना मन्त्री र बाँकी एक राज्यमन्त्री सहित छ मन्त्रालय प्रधानमन्त्री दाहालको मातहतमा रहेका छन् ।