प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाल्पा बस दुर्घटनाप्रति दुःख प्रकट गरेका छन् । बस दुर्घटनामा ज्यान गुमाएका यात्रुप्रति उनले श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
प्रधानमन्त्री दाहालले आज ट्वीट गर्दै दुर्घटनामा मृत्यु भएका नागरिकका आफन्तजनमा समवेदना प्रकट गरेका हुन् ।
गएराति पाल्पाको बस दुर्घटनामा मृत्यु हुनुभएका यात्रुहरूप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछु, मृतकका आफन्तहरूप्रति गहिरो समवेदना प्रकट गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन भूमिका खेल्न सबैमा हार्दिक अपील गर्दछु।
— PMO Nepal (@PM_nepal_) January 6, 2023
हिजो राति १०:१५ बजे रैनादेवी छहरा गाउपालिका-८ टाडी स्थित सालझण्डी ढोरपाटन सडक खण्डमा सालझण्डीबाट खुर्साने तर्फ आउदै गरेको ग १ ख ४९७७ नम्बरको बस दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा परेर पाल्पाको रैनादेबीछहरा गाउपालिका-८ बस्ने बर्ष ३६ कि निर्मला घिमिरे उनकी ११ वर्षीया छोरी सरुमाया घिमिरे, सोही स्थानमा बस्ने वर्ष ५४ कि खिम कुमारी राना, ४० वर्षीया गुना कुमारी गाहा, २१ वर्षीया दान कुमारी खत्री र १९ वर्षीया बिमा पाण्डेको निधन भएको पाल्ला प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र थापाले केटिएम दैनिकलाई बताए ।
दुर्घटनामा परी १८ जना घाइते भएका छन् । प्रधानमन्त्री दाहालले दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन भूमिका खेल्न सबैमा अपिल समेत गरेका छन् ।