
७२ वर्षीया आफ्नै सासुको हत्या गरेको अभियोगमा नातामा बुहारी पर्ने महिला पक्राउ परेकी छन् ।
आफ्नै सासु ७२ वर्षीया दरपी कोईरीको हत्या गरेको अभियोगमा उनकै बुहारी सिराहा जिल्लाको धनगढीमाई नगरपालिका-६ मोतियाही टोल बस्ने ४२ वर्षीया चन्दा देवी महतोलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
चन्दा देवीले बाँसको भाटा प्रहार गर्दा दरपीको घट्नास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।