संघीय संसद् सचिवालयले पुस २२ गतेका लागि सर्वदलीय बैठक बोलाउने तयारी गरेको छ ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सर्वदलीय बैठक आह्वान गर्ने तयारी गरिएको सचिवालयले जनाएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् ।
बैठक सञ्चालन, प्रतिनिधिसभा बैठकमा दलले बोल्न पाउने समय बाँडफाँटका विषयमा छलफल गर्न राणाले पुस २२ गते बैठक बोलाएको संसद सचिवालयले जनाएको छ ।
यस्तै बैठकमा सभामुखको निर्वाचन नहुदाँसम्म बैठक सञ्चालन गर्ने प्रक्रिया, सभामुखको निर्वाचनका लागि प्रतिनिधि सभाको नियमावली अनुमोदन गर्ने लगायतका विषयमा छलफल हुनेछ ।