प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” आज (शनिबार) चितवन जादै छन् ।
नारायणी नमूना माध्यमिक विद्यालयको हिरक महोत्सवमा उद्घाटन चितवन जान लागेका हुन् । प्रधानमन्त्रीले विहान ११ बजे हिरक महोत्सवको उदघाटन गर्ने कार्यक्रम छ । उनी सो अवसरमा स्वर्ण र हीरक स्तम्भ अनावरण, भवन सिलान्यास, हीरकद्वार उदघाटन, हीरक स्मारिका विमोचन लगायतका कार्यक्रममा सहभागी हुने विद्यालयले जनाएको छ ।
पुष १० गते नेपालको ४४ औं प्रधानमन्त्रीमा नियुक्त भएका दाहाल प्रधानमन्त्री भएपछि पहिलोपटक राजधानी बाहिर निस्कन लागेका हुन् ।