प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्पसन बिच भेटवार्ता भएको छ ।
बिहिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा नेपाल र अमेरीका बिचको द्विपक्षीय हितका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा राजदूत थोम्पसनले प्रधानमन्त्री नियुक्त भएकोमा दाहाललाई बधाई दिँदै सहकार्य गरेर काम गर्ने प्रतिवद्धता पनि जाहेर गरेको थिए ।
प्रचण्डको सचिवालयले सार्वजनिक गरेको तस्बिरमा अमेरिकी राजदूतावासका तीन र नेपाल सरकारका तीन कर्मचारीसहित दाहाल पुत्री गंगा दाहाल उपस्थित छन् ।
पुष १० गते नेपालको ४४ औं प्रधानमन्त्रीमा नियुक्त भएका दाहाल बुधबार बेलुका ज्योतिषलाई साइत जुराएर सरकारी निवास बालुवाटार प्रवेश गरेका हुन् ।