प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्योतिषलाई साइत जुराएर बालुवाटारस्थित सरकारी निवासमा प्रवेश गरेका छन् । ललितपुरको खुमलटारस्थित भाडाको घरमा उनी आज साँझ सरकारी बालुवाटार प्रवेश गरेका हुन् ।
अध्यक्ष दाहाल आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले सोमबार पद तथा गोपनीयताको शपथ लिएका थिए । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा आजै बालुवाटार छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेका छन् ।
सरकारी निवास प्रवेशको लागि ज्योतिष टीकाराम घिमिरेलाई साइत जुराउन लगाइएको थियो । खुमलटारबाट भोलीको लागि साइत हेरिदिन भनिएको थियो तर आज बेलुका नै उत्तम साइत भएकाले बेलुका ५ शुभ साइतमा प्रधानमन्त्री बालुवाटार प्रवेश गर्न भनेको हुँ ।