ट्राफिक प्रहरीको नियमित रात्रिकालिन चेकीङको क्रममा मादक पदार्थ सेवन गरी ट्याक्सी चलाउँदै गरेका एक जना चालकलाई नियन्त्रणमा लिई अभद्र व्यवहारमा मुद्धा चलाएको छ ।
काठमाडौँको ठमेल स्थित पकनाजोलमा बुधबार राति भएको चेकिङमा बा१ज ६९५६ नम्बरको भाडाको ट्याक्सीका चालक गोर्खाको भिमसेनथापा गाँउपालिका २ घर भई हाल काठमाडौको नयाँबजार खुसिबु बस्दै आएका २५ बर्षका गोकर्ण लामिछानेलाई मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेको अवस्थामा पक्राउ गरेको थियो ।
लामिछानेलाई जिल्ला प्रशासन कार्यालय बबरमहलबाट अभद्र व्यबहार मुद्धामा पाँच दिन म्याद थप अनुमती लिइ प्रहरी वृत्त लैनचौरमा राखेर अनुसन्धान शुरु गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।
रमाइलो वा चिसोको बहानामा पिएको नशालु पदार्थले मस्तिष्कको सोचाई क्षमतामा ह्रास आउने र सवारी साधनको रफ्तार समेत आंकलन गर्न नसक्ने हुँदा गम्भीर सवारी दुर्घटना हुने जोखिमलाई नकार्न नसकिने भएकाले सम्भावित दुर्घटना रोकथामका लागी मा.प.से चेकजाँचलाई ट्राफिक प्रहरीले तिव्रता दिएको बताएको छ ।