ट्राफिक प्रहरीले अत्याधिक धूवाँ फाल्ने २२ वटा सवारी साधनका चालकलाई कारबाही गरेको छ ।
काठमाडौँको सोह्रखुट्टेमा आज गरिएको विशेष चेकिङका क्रममा अत्याधिक धूवाँ फाल्ने २२ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
यातायात व्यवस्था विभाग मिनभवन, वातावरण विभाग बबरमहल तथा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले आज बिहान सोह्रखुट्टेमा ४० ओटा सवारी साधनलाई चेक गर्दा २२ वटा कारबाहीमा परेको परेका हुन् ।
अत्याधिक धूवाँ फाल्ने भाडाका बस, माइक्रो, ट्याक्सी र निजी चारपाङग्रे गरी २२ ओटा सवारी साधन कारबाहीमा परेको तिनीहरूलाई आजै वातावरण विभाग बबरमहल पठाइएको भट्टले बताए ।
सवारी साधन मर्मत पश्चात् तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने बताइएको छ ।