नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेतामा सर्बसम्मत चयन भएका छन् । उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा ओली दलको नेतामा निर्विरोध चयन भएका हुन् ।
मंगलबार कमलादीस्थित प्रज्ञा भवनमा बसेको संसदीय दलको बैठकले ओलीलाई सर्वसम्मत दलको नेता चयन गरेको हो ।
छैटौंपटक सासंद बनेर ससंद भवन छिर्दै गरेका ओली झापा क्षेत्र नम्बर ५ बाट ५२ हजार ३१९ मतका साथ प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका थिए । नेपाली कांग्रेसले ससंदीय दलको नेता चयन गर्न निर्वाचन नै गरिरहँदा एमालेले भने अध्यक्ष ओलीलाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो ।
अन्य दलहरूले पनि सो दलका अध्यक्ष/सभापतिलाई संसदीय दलको नेता चयन गरेका छन् ।