सिन्धुपाल्चोकमा २४ वर्षदेखि फरार भएका अपराधी पक्राउ परेका छन् । २०५५ साल असार १० गते जिल्ला अदालतको फैसलाले ठगी मुद्दामा ५३ हजार ४२५ जरिमाना तोकेपछि फरार भएका बृष बहादुर गोले तामाङ फरार भएका थिए ।
सिन्धुपाल्चोक साबिक गुन्सा गा.वि.स. वडा नं.८ हाल पाँचपोखरी थाङपाल गा.पा. वडा नं.५ बस्ने वर्ष ५५ को बृष बहादुर गोले तामाङलाई आज बिहान ११ बजे काठमाडौँबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका सिन्धुपाल्चोकका प्रवक्ता डिएसपी शिव कुमार बुढाथोकीका अनुसार तामाङलाई सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले काठमाडौँ गोकर्णेश्वर नगरपालिका-४ स्थित माकलवारीबाट पक्राउ गरेको हो ।
पक्राउ परेका तामाङलाई सिन्धुपाल्चोक जिल्ला अदालतमा पेस गरेपछि उनले बाँकी रहेको जरिवाना तिरेपछि उनी छुटेका छन् ।