काठमाडौं महानगरपालिकाका मेयर बालेन साह तथा उपमेयर सुनिता डंगोल सोमबार बिहान दशरथ रंगशालामा खेलाडीको रुपमा मैदानमा उत्रिएका छन् ।
२८ औं महानगर दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको फुटबल प्रतियोगितामा उहाँहरू मैदानमा उत्रिएका हुन्।
‘२८ औं महानगर दिवस-२०७९ मेयर–११ र प्रमुख प्रशासकीय अधिकृत–११ मैत्रीपूर्ण फुटबल’ नाम दिइएको सो प्रतियोगितामा प्रमुख प्रशासकीय अधिकृत-११ ले मेयर–११ लाई ६–१ ले हराएको थियो ।
मेयर बालेन नेतृत्वमा जनप्रतिनिधि र अर्को टिमबाट प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले नेतृत्वमा खेल भएको थियो । मेयर–११ मा महानगरका विभिन्न वडाबाट निर्वाचित जनप्रतिनिधिहरु थिए । प्रशासकीय अधिकृत–११ मा महानगरका कर्मचारी र नगर प्रहरीहरु थिए ।
जनप्रतिनिधिको टिम कप्तान भएपनि मेयर बालेन खेलको उत्तर्राद्धमा मात्रै मैदानमा छिरेका थिए तर मेयर बालेन मैदान प्रवेश गर्दासम्म टिमले ५ गोल खाइसकेको थियो ।