ट्राफिक प्रहरीले आज ठूलो सङ्ख्यामा यात्रुबाहक सवारीसाधनलाई कारबाही गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाको कालिमाटी, किर्तीपुर, बल्खु, सानेपा र सुकेधारामा गरेको विशेष यान्त्रिक चेकिङमा अवस्था ठिक नभएका र धुँवा बढी फाल्ने १८ वटा सवारी साधनलाई कारवाही गरेको छ ।
कार्यालयका सह-प्रवक्ता प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्रीका अनुसार “धुँवा बढी फाल्ने ११ वटा सवारी साधनलाई यातायात व्यवस्था कार्यालय एकान्तकुना र यान्त्रिक अवस्था ठिक नभएका ७ वटा सवारी साधनलाई सवारी परीक्षण कार्यालय टेकु” पठाइएको छ । अवस्था ठिक नभएका ५ वटा सवारी साधनको भने थप यान्त्रिक परिक्षण गर्नु पर्ने भएकाले ट्राफिक प्रहरी प्रभाग किर्तीपुरले नियन्त्रणमा राखेको छ ।
अवस्था ठिक नभएको सवारी साधन चलाउँदा यात्रुको जीवन जोखिममा पर्ने र सवारी दुर्घटना पनि बढ्ने भएकाले संभावित जोखिम कम गर्न ट्राफिक प्रहरीले पछिल्लो समय सवारी साधन चेकिङलाई तिव्रता दिएको छ । सम्पुर्ण यातायात व्यवसायी, सवारी धनी तथा चालकलाई सवारी साधन ठिक अवस्थामा राखेर संञ्चालन गर्न प्रहरी उपरिक्षक क्षेत्रीले अनुरोध गर्नु भएको छ ।
त्यस्तै, बम्पर गार्ड नहटाएका २२३ वटा र ठुलो आवाज निकाली ध्वनी प्रदुषण गर्ने ३ वटा मोटरसाइकलका चालकलाई पनि ट्राफिक प्रहरीले आजै कारबाही गरेको छ ।