
महिला हिंसाविरुद्ध १६ दिने अभियान चलिरहेको बेला बर्दियामा श्रीमानको कुटाइबाट श्रीमतीको निधन भएको छ ।
जिल्लाको गुलरिया नगरपालिका-१ गाउँ नम्बर १५ बस्ने बोधराज बस्नेतलाई श्रीमती नानकला बस्नेतको कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो ।
श्रीमान र श्रीमतको उमेरको अन्तर एक वर्षको रहेको छ । मृतक नानकलाको उमेर २६ वर्ष रहेको प्रहरीले जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
बोधराजको कुटपिटबाट गम्भीर घाइते भएकी नानकलाको उपचारको लागि बर्दिया अस्पताल गुलरियातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।