दोहा– कतारमा जारी विश्वकप २०२२ को अहिले जारी खेलमा साउदी अरेबियाले अर्जेन्टिनाविरुद्ध दुई गोल गरेको छ ।
दोस्रो हाफको ५३ मिनेटमा सलिम अलदावसरीले गोल गरेका हुन् ।
यसअघि साउदी अरेबियाका लागि सलेह अलसेहरीले दोस्रो हाफको ४८ औं मिनेटमा गोल गरेका थिए ।
साउदीले पाँच मिनेटको अन्तरमा दुई गोल गरेपछि अर्जेन्टिना २–१ ले पछि परेको छ ।