नेपाली राष्ट्रिय क्रिकेट टोलीको निलम्बित कप्तान सन्दीप लामिछानेलाई नाबालिग किशोरीमाथि बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको छ ।
आज जिल्ला अदालतका न्यायाधिश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षको लागि केन्द्रीय कारागार, जगन्नाथदेवल पठाउन आदेश दिएको हो ।
अदालतले सीसीटीभी फुटेज, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन र प्रतिवादीको बयान लागत तत्काल प्राप्त प्रमाणहरुको आधारमा प्रतिवादी निर्दोष रहेछन् भन्ने मान्न नसकिने ठहर गर्दै पुर्पक्षको लागि कारागार पठाएको हो ।
आठ पृष्ठको आदेशमा भनिएको छ, प्रतिवादीको तर्फबाट पीडितको उमेरको सम्बन्धमा प्रश्न उठाइएको र त्यसबारे जन्मदर्ताको फोटोकपी पेस गरेको देखिन आएकाले त्यसबारे परीक्षणपछि एकिन हुने अदालतको भनाइ छ । मुद्दा निरन्तर सुनुवाइमा जाने भएकाले अदालतले जाहेरवाला, पीडित, बुझिएका मानिसहरु र पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई बकपत्रका लागि मंसिर ७ मा उपस्थित गराउन आदेश दिएको छ ।
यसका साथै अदालतको आदेशमा प्रतिवादीले बयानका साथ पेस गरेको पीडितको जन्मदर्ताको अभिलेख किताबसहितको सक्कलप्रति सम्बन्धित कार्यालयबाट झिकाउन तथा पीडितले नागरिकता बनाउँदा भरेको अनुसूची फारामसहितको प्रतिलिपी सम्बन्धित कार्यालयबाट झिकाउन भनिएको छ ।
आदेशको पूर्णपाठ