जनता समाजवादी पार्टीले भोली (शनिबार) काठमाडौंको नयाँ बानेश्वरमा रहेको द एभरेष्ट होटलमा आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।
पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बहादुर बस्नेतका अनुसार भोली दिउँसो २:०० बजे आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन-२०७९ को चुनावी घोषणापत्र सार्वजनिक हुनेछ ।
सत्ता गठबन्धनबाट बाहिरिएको उपेन्द्र यादव नेतृत्वको यस पार्टीले केही स्थानमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ ।
निर्वाचन आयोगका अनुसार १६५ वटा प्रतिनिधि सभा क्षेत्रमध्ये यस पार्टीले ७९ स्थानमा आफ्ना उम्मेदवार खडा गरेको छ ।