बर्दियामा सवारीसाधनको ठक्करबाट पैदलयात्रा गरिरहेकी एक महिलाको निधन भएको छ । जिल्लाको गुलरिया नगरपालिका-४ स्थित सडकमा नेपालगंञ्जबाट राजापुरतर्फ जाँदै गरेको भे.१ ज १११२ नम्बरको विङ्गर गाडीको ठक्करबाट मंगलबार दिउँसो एक महिलाको निधन भएको हो ।
निधन हुनेमा सुर्खेतको बीरेन्द्रनगर नगरपालिका-२ ठौरी घर भई हाल बर्दिया गुलरिया नगरपालिका-४ डेरा गरी बस्ने ४९ वर्षीया सुर्जाकला राजी रहेको जिल्ला प्रहरी कार्यालय बर्दीयाले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई नियन्त्रणमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।