राहदानी (पासपोर्ट) किर्ते गरेर अमेरिका भासिएका एक व्यक्ति नेपाल आएसँगै पक्राउ परेका छन् ।
कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका-२ सेराचौर बस्ने वर्ष ४६ का नगेन्द्र राज अधिकारीले आफ्नै भाईको नागरिकता तथा अन्य कागजात प्रयोग गरी नक्कली राहदानी, नक्कली बैंक खाता लगायतको कागजात तयार पारेर विदेश गएका थिए ।
२०७३ सालमा विदेश गएका अधिकारी केही समय साइप्रस र त्यहाँबाट अमेरिका पुगेका थिए । अमेरिकाबाट नेपाल आएको थाहा पाएपछि आज जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीलाई उनलाई पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले केटिएम दैनिकलाई बताए ।
तिवारीका अनुसार जिल्ला अदालत कास्कीबाट छ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।