नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएका छन् ।
४ मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि मतदातासामु प्रस्तुत गर्ने प्रतिबद्धतासहितको घोषणापत्र सर्वाजनिक गर्न लागेका हुन् । यस अगाडि नेपाली कांग्रेसले आफ्नो घोषणापत्र सार्वजनिक गरिसकेको छ ।
सत्ता गठबन्धनको घटक माओवादीले सोमबार दिउँसो ३ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा घोषणापत्र सार्वजनिक कार्यक्रम राखेको छ ।
सत्ता गठबन्धनकै नेकपा एकीकृत समाजवादीले पनि सोमबार दिउँसो ३ बजे बानेश्वरस्थित पार्टी कार्यालयमा चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रम गर्ने तयारी गरेको छ ।
यसैगरी, राप्रपाले पनि आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । राप्रपाले आज बिहान ११:३० बजे काठमाडौंको थापागाउँस्थित बानेश्वर बैंकेटमा एक कार्यक्रमको आयोजना गर्दै घोषणपत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको जनाएको छ ।