कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले फेरि प्रतिनिधिसभा भंग नगर्ने प्रतिबद्धता नगर्न एमाले अध्यक्ष केपी ओलीलाई सुझाव दिएका छन् ।
झापाको भद्रपुर विमानस्थलमा शुक्रबार ओली र शर्माबीच आकस्मिक भेट भएको थियो । ओली राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई मत माग्न झापा जाँदै थिए भने शर्मा काठमाण्डु आउने क्रममा थिए ।
विमानस्थलको भीआईपी कक्षमा दुई नेताबीच जम्काभेट भएको थियो । शर्माले काँग्रेस घोषणापत्रमा पाँच वर्षे कार्यकाल नसकिँदै बीचैमा संसद भंग नगर्ने प्रतिबद्धता उल्लेख भएको जनाए ।
ओलीलाई पनि एमाले घोषणापत्रमा त्यस्तै प्रतिबद्धता राख्न आग्रह गरे । तर, ओलीले शर्माको प्रस्तावबारे कुनै टिप्पणी गरेनन् । बरु उनी रिसाए । ओलीले घोषणापत्रलाई अन्तिम रुप दिएर छाप्नका लागि प्रेसमा पठाइसकिएको बताए ।
ओली प्रधानमन्त्री भएका बेला उनले दुईपटक सम्म प्रतिनिधिसभा विघटन गरेका थिए । तर, अदालतले गैरसंवैधानिक भन्दै प्रतिनिधिसभा दुईपटक नै ब्युँताएको थियो ।