नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली मंसिर ४ गते हुने निर्वाचन केन्द्रित घोषणापत्र तयारीका क्रममा ललितपुरको लाँकुरी भञ्ज्याङ्गस्थित द टेरेसेस रिसोर्टमा पुगेका छन्।
अध्यक्ष ओली एमालेका केही नेताहरूसहित शनिबार लाकुरीभञ्ज्याङ पुगेका हुन्। उनको सचिवालयका अनुसार ओलीले त्यहाँ घोषणा पत्र तयारीका क्रममा प्राप्त सुझावहरूको अध्ययन, विश्लेषण र मस्यौदा लेखनको काम गरिरहेका छन्।
शुक्रबार मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्रका लागि सुझाव मागेका थिए । शनिबारै ललितपुरको लाकुरीभञ्ज्याङ रिसोर्टमा पुगेर अध्यक्ष ओलीसहित महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलगायतको टोलीले चुनावी घोषणापत्र तयार गरिरहेको हो ।
तस्बिरहरू