नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई २०५ किलोको फूलको मालाले स्वागत गरिएको छ ।
नेकपा एमाले धनुषाले सोमबार आयोजना गरेको वृहत जनसभामा सहभागी हुन जनकपुर पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई २०५ किलोको फूलको मालाले स्वागत गरिएको हो ।
धनुषामा नेपाली काँग्रेस, जनता समाजवादी पार्टी र लोेकतान्त्रिक समाजवादी पार्टीका नेताहरू आफ्ना करिव दुईहजार कार्यकर्ता, समर्थकसहित नेकपा (एमाले) मा प्रवेश गरेको बताइएको छ । ।
जिल्ला कमिटीद्वारा आज तिरहुतिया गाछीमा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका हुन् ।
एमाले प्रवेश गर्नेहरूमा जसपाका मधेस प्रदेससभा सदस्य अन्जु कुमारी यादव, लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य अरबिन्द साह, नेपाली काँग्रेस धनुषाका युवा नेता सन्तोष यादव लगायत स्थानीय नेताकार्यकर्ताहरू रहेका छन् ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा नेकपा (एमाले) जनताको साथ लिएर आफ्नै बलवुतामा प्रतिस्पर्धा गर्ने बताए ।