म्यानमार र मलेसयाका नवनियुक्त राजदूतहरूले राष्ट्रपति समक्ष शपथ लिएका छन् ।
म्यानमारका राजदूत हरिश्चन्द्र घिमिरे र मलेसयाका राजदूत डिल्लीराज पौडेलले आज राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहका बीच पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
उक्त अवसरमा परराष्ट्रमन्त्री नाराय खड्का लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थित भएका थिए ।
दुवै राजदूतलाई मन्त्रीपरिषद्को सिफारसिमा राष्ट्रपतिले भदौ २३ गते नियुक्त गरेकी थिइन् ।