राष्ट्रपतिले चार देशका लागि राजदूत नियुक्त गरेकी छन् । म्यानमार र मलेसियाको लागि आवासीय त्यस्तैगरी माल्टा र कोस्टारिकाक लागि गैरआवासीय राजदूत आज नियुक्त भएका हुन् ।
मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम राष्ट्रपतिले हरिश्चन्द्र घिमिरेलाई म्यानमारका लागि र डिल्लीराज पौडेललाई मलेसियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बताए ।
त्यस्तैगरी संयुक्त राज्य (बेलायत) का आवासीय राजदूत राजदूत ज्ञानचन्द्र आचार्यलाई माल्टाका लागि गैरआवासीय राजदूत र संयुक्त राज्य अमेरिकाका आवासीय राजदूत प्रा. श्रीधर खत्रीलाई कोस्टारिकाका लागि समेत गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरिएको प्रवक्ता आचार्यले बताए ।