नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनले संघ र प्रदेशको निर्वाचन क्षेत्र तोकेरै सिट बाँडफाँट गर्ने बताएका छन्।
शुक्रबार सुर्खेत पुगेका प्रचण्डले पत्रकारसँग कुरा गर्दै प्रचण्डले सो कुरा बताएका हुन्।
गठबन्धनले सिट बाँडफाँट गर्दा बिभिन्न खालका समाचारहरु आइरहेको बेला प्रचण्डले भने बाहिर चर्चा भएजस्तो गठबन्धनभित्र कुनै असहमति नभएको दाबी गरेका छन्। पत्रकारहरुसँगको कुराकानीमा प्रचण्डले भने, “प्रदेश र क्षेत्रसहित एकैपटक टुंगो लगाउने एक खालको सहमति भएको छ। असहमति भन्ने छैन। त्यसलाई प्रभावकारी कसरी बनाउने भन्नेतिर नै छलफल केन्द्रित छ।”
हिजो अबेरसम्म बसेर गठबन्धनमा संख्या सहमतिको नजिक पुर्याएकोले अब एकैपटक प्रदेश र क्षेत्रको पनि टुंग्याउने गरी आज दिनभरी छलफल हुने प्रचण्डको भनाई छ।
प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० सिटका लागि सत्तारुढ दल बिच सिट बाँडफाँडका लागि प्रयास भईरहेको भए झण्डै महिना दिन पुग्न लाग्दा समेत उक्त बैठक टुगोंमा पुग्न सकेको छैन ।
नेपाली कांग्रेसले १ सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एसले ४०, जसपाले ३२, राष्टिय जनमोर्चाले २ सिटमा दावी गरे पछि कार्यदल निष्कर्षमा पुग्न सकेको छैन । जम्मा १६५ निर्वाचन क्षेत्र मध्ये सत्ता गठबन्धनमा आवद्ध दलहरूको दाबी २३४ पुगेपवछि सिट फाँटफाँडमा सकस भएको हो ।
त्यस्तै, प्रचण्डले आगामी निर्वाचनमा आफू चितवन- ३ बाटै चुनाव लड्ने बताएका छन्।