मंसिर ४ गते हुने संघीय निर्वाचनका लागि झापा क्षेत्र नम्बर-१ बाट नेपाली कांग्रेसले पार्टीका महामन्त्री विश्वप्रकाश शर्माको एकल नाम सिफारिस गरेको छ ।
२०७४ को निर्वाचन तथा त्यस अघिको संविधान सभाको निर्वाचनमा पनि झापा-१ बाटै उम्मेदवारी दिएका कांग्रेस महामन्त्री शर्माले झापा-१ बाटै पुनः उम्मेदवारी बन्ने इच्छा देखाएपछि कांग्रेसले शर्माको एकल उम्मेदवारी सिफारिस गरेको हो । क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिहरूको बैठकले संघिय निर्वाचनको लागि झापा–१ बाट शर्माको एकल नाम सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो ।
नेपाली कांग्रेस झापा क्षेत्र नम्बर १ ले शर्माको एकल नाम सिफारिस गर्ने निर्णयसँगै महामन्त्री शर्माले तेस्रोपटक आफ्नै निर्वाचन क्षेत्रबाट संघीय संसदमा चुनाव लड्ने लगभग निश्चित भएको छ । पार्टीको महामन्त्री भएको नाताले पनि यस क्षेत्र नेपाली कांग्रेसकै भागमा पर्ने सम्भावनाहरू बलियो देखिएका छन् ।
हुनत अघिल्लो निर्वाचनमा यस क्षेत्रबाट बाम गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का सुरेन्द्र कार्कीले जितेका थिए । कार्कीलाई लागि अन्य क्षेत्रमा व्यवस्थापन गरेर भएपनि शर्मालाई पुन: यही क्षेत्रबाट उठाउने तयारी नेपाली कांग्रेसले गरिरहेको बुझिएको छ ।
नेपाली कांग्रेसमा प्रभावशाली युवा नेताको रुपमा परिचित शर्माले तेस्रोपटक आफ्नै निर्वाचन क्षेत्रबाट चुनावमा भिडिरहँदा त्यती सहज भने देखिदैन । दुई पटक आफ्नै निर्वाचन क्षेत्रका जनताले नपत्याएका उनलाई तेस्रो पटक पनि चुनौती नै देखिन्छ ।
प्रभावशाली युवा नेता शर्मा कांग्रेसको प्रखर वक्ताको रुपमा सु–परिसचत छन् । तर, उनले आफ्नो पार्टी प्रमुख प्रतिपक्षमा भएको तत्कालिन अवस्थामा केन्द्रिय प्रवक्ताको जिम्मेवारी सम्हाली रहँदा नागरिकले अपेक्षा गरे अनुरुप कार्य गर्न नसकेको भन्दै उनको शुभचिन्तकहरुको समेत गुनासो छ ।
देश कोरोना कहरमा आक्रान्त बनिरहेको बेला प्रमुख प्रतिपक्ष दलको प्रवक्ता शर्माले त्यस समयमा सरकारलाई खबरदारी गर्दै जनताको पक्षमा धेरै कार्यहरु गर्नु पर्नेमा उनी कुनै एउटा राष्ट्रिय टेलिभिजनमा कार्यक्रम प्रस्तोताको रुपमा मात्रै सिमित भएको आरोप लाग्ने गरेको छ ।
२०७४ मा पराजित चर्चित अनुहारहरू: मंसिर ४ पछि के होला
२०७४ सालमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा केही चर्चित अनुहारहरूले पराजय...
बिहीबार, साउन १९ २०७९प्रवक्ताबाट पार्टीले अहिले उनलाई थप जिम्मेवारी प्रदान गर्दै महामन्त्री बनाएको छ । अहिले कांग्रेस प्रमुख प्रतिपक्षबाट सत्तापक्षमा छ । यसबेला उनको भूमिका देशभर नै पार्टी र जनताको सवालमा अह्म देखिनु पर्ने हो । तर, उनले आफ्नो निर्वाचन क्षेत्रमा पनि कांग्रसलाई एक ढिक्का बनाउन सकिरहेका छैनन् । आफु हाभि हुँदा स्थानीय तहको निर्वाचनमा आफ्नै गृह नगरपालिकामा पनि सत्ता गढबन्धनले चित्तबुझ्दो नतिजा ल्याउन सकेन ।
शर्माको हस्तक्षेपले अहिले कांग्रेसमा मात्रै दुई खेमा भएको छैन सत्ता साझेदार पार्टी माओवादी केन्द्र पनि उनलाई विश्वास गरिहाल्ने अवस्थामा देखिदैन । यसले पनि शर्मालाई आगामी निर्वाचनमा सहज भने देखिदैन ।
स्थानीय तहको मतलाई आधार मान्ने हो भने यस क्षेत्रमा एमाले अगाडी देखिन्छ । यसले पनि शर्मालाई यसपालिको निर्वाचन नैतिकताको लागि अग्नी परिक्षा जस्तै भएको छ ।
झापाको क्षेत्र नम्बर १ मा मेचीनगर नगरपालिकाका १५ वटै वडा, भद्रपुर नगरपालिकाको ९ र १०, बुद्धशान्ति गाउँपालिकाको ४,५,६,७ वडा गरी कूल २१ वडा रहेका छन् । वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचनमा २१ मध्ये नेपाली कांग्रेसले १५ वडामा मात्र उम्मेदवार उठाएको थियो भने एमालेले सबैमा । १५ उम्मेदवार मध्येमा बुद्धशान्तिको ४,५,६ र मेचीनगरको ६,८ र १५ गरी जम्मा छ वटा वडाको वडाअध्यक्ष नेपाली कांग्रेसले जितेको थियो । त्यस्तै, एमालेबाट १४ जना र माओवादी केन्द्रबाट एकजना वडाध्यक्ष निर्वाचित भएका हुन् ।
वडाध्यक्षमा एमालेको ३१,२३२ मत, कांग्रेसको २४,०५९ मत र माओवादी केन्द्रको ३,९०५ मत रहेको छ । यो मत ती पार्टीबाट सो पदमा उठेका उम्मेदवारहरूको हो । २१ वडाध्यक्ष पदमा १०७ जना उम्मेदवार रहेकोमा ७० हजार ९२२ मत खसेको थियो । २०७४ को संघीय निर्वाचनमा एमाले र माओवादी केन्द्रको गठबन्धनबाट राम कार्की निर्वाचित भएतापनि यस क्षेत्रमा माओवादी केन्द्रको खासै पकड नभएको माओवादीकै नेताहरू बताउँछन् ।
वि.सं.२०७४ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सुरेन्द्रकुमार कार्कीले त्यस क्षेत्रमा शर्मालाई पराजित गरेका थिए । त्यसअघि संविधानसभाको निर्वाचनमा नेकपा (एमाले) का नेता रविन कोइरालाले शर्मालाई पराजित गरेका थिए ।