नेकपा (माओेवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता विधेयकको विषयमा विरोध गर्नु केपी ओलीको नाटक र नौटङकी रहेको टिप्पणी गरेका छन् । उनले विधेयकमा नागरिकताबाट बञ्चित भएका झण्डै ७ लाखलाई नागरिकता दिने मात्रै रहेको बताउँदै बैवाहिक अंगिकृत विषय समावेश नभएको प्रष्ट पारे ।
केन्द्रकोे उपत्यका विशेष समितिको प्रशिक्षणमा बोल्दै उनले बैवाहिक अंगिकृतको विषयमा ७ वर्ष प्रावधान राख्न जोड दिएपनि केपी ओलीले संसदमा लैजान नमानेकोे तर्क राखे ।
उनले ६ महिनासम्म जोड गर्दा पनि ओली सहमत नभई संसद विघटन गरेर अध्यादेशबाट अहिलेको जस्तै विधेयक ल्याएको बताउँदै उनले नै विरोध गरेर बस्नु नाटक र नौटङकी रहेको आरोप लगाए । प्रचण्डले भने, ‘बैवाहिक अंगिकृतको विधेयक ल्याउँ भन्दा ६ महिना सिरानी मुनि हालेर बस्ने, संसद विघटन गरेर त्यही ल्याउँने जो अहिलेको सरकारले ल्यायो । फेरी उनीहरुले नै विरोध गरेर बस्ने, यो बडो नाटक, नौटंकी प्रष्ट भयो नि ।’
प्रचण्डले लाज पचाएर, घिन लाग्दो तथा अनैतिक तरिकारले जनता लाटा र कुरा बुझ्दैनन भन्ने मनशायले बैवाहिक अंगिकृतको विषयपछि आफू राष्ट्रवादी भइने र अरु राष्ट्रवादी नहुने भन्ने नसोच्न ओलीलाई सुझाव दिएका छन् ।
उनले थपे, ‘उनीहरु बैवाहिक अंगिकृत ल्याउन पथ्र्यो भनेर लाज पचाएर, घिन लाग्दो तरिकाले, बढो अनैतिक तरिकारले नेपाली जनता लाटा छन् । कुरा बुज्दैनन् । यीनलाई जे भन्दिएपनि हुन्छ । पहिल्यैको बैवाहिक अंगिकृतको भनेपछि हामी राष्ट्रवादी भइन्छ । अरु पार्टीहरु राष्ट्रवादी हुँदैनन् । भनेर नाकाबन्दी जस्तो सोचे होलान केपी ओली ।’
अध्यक्ष प्रचण्डले प्रतिगमनकारी प्रवृति प्ररास्त तथा प्रतिगमनकारी प्रवृतिले आफूलाई पश्ताचापमा नल्याउँदासम्म गठबन्धनको आवश्यकता नटुंगिने जिकिर गरे । उनले गठबन्धनको आधारमा निर्वाचनमा बताउँदै प्रतिगमनको परास्त गर्ने अभियानलाई निरन्तर अगाडी बढाउँने तर्क राखे ।
कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, ‘जब प्रतिगमनकारी प्रवृति परास्त हुँदैन् । प्रतिगमनकारी प्रवृतिले आफूलाई त्यो प्रश्ताचापमा ल्याउँदैन् । यो गठबन्धनको आवश्यकत टुंगिदैन् । त्यसकारण यही गठबन्धनको आधारमा नै हामि निर्वाचनमा जान्छौं । यसैको आधारमा नै हामिले प्रतिगमनको परास्त गर्ने अभियानलाई निरन्तर अगाडी बढाउँछौं ।’
उनले अहिलेको गठबन्धन ऐतिहासिक कालखण्डको ऐतिहासिक आवश्यकतामा टेकेर बनेको स्मरण गर्दै तत्काल कुनैपनि गठबन्धन हुने सम्भावना नरहेको प्रष्ट पारे ।।