सामाजिक सञ्जाल फेसवुक ह्याक गरी रकम ठगी गर्ने २० वर्षीय युवक पक्राउ परेका छन्।
नेपाल प्रहरीको साइबर ब्यूरोले मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं.१० मंगलबारे डाँडा बस्ने किरण पाठकलाई अरूको फेसबुक ह्याक गरेर ठगि गरेको आरोपमा मंगलबार मोरङबाट पक्राउ गरी काठमाडौं ल्याएको हो ।
साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपति कुमार रायका अनुसार पाठकले एक व्यक्तिको फेसवुक ह्याक गरी उक्त प्रोफाईलमा आवद्ध साथी, आफन्त तथा सहकर्मीलाई बिभिन्न बाहाना बनाई रकम माग गरेका थिए ।
उनले करिव डेढ दर्जन भन्दा बढी महिला तथा पुरुषहरुबाट विभिन्न डिजिटल पेमेन्ट गेट वे मार्फत रकम जम्मा गर्न लगाई ठगी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
पक्राउ परेका पाठकलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमती लिई ब्यूरोबाट खटि गएको टोलिले जिल्ला प्रहरी कार्यालय मोरङसंग समन्वय गरी उनकै घरबाट पक्राउ गरेको हो ।
ब्युरोले अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको एसपी रायले बताए ।