भरतपुरमा कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको निधन भएको छ । नवलपरासी गैडाकोट नगरपालिका-१० बस्ने ८४ वर्षीया मीना कुमारी भुषालको कोरोना भाइरसको सङ्क्रमणपछि निधन भएको हो ।
भुषालको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई साउन ३१ गते भरतपुर अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा गरिएको पिसिआर परीक्षणमा उनमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।
कोरोना पुष्टि भएसँगै अस्पतालको कोभिड आईसीयूमा राखेर उपचार गर्ने क्रममा उनको बुधबार बेलुका पौन तीन बजे निधन भएको भरतपुर अस्पतालका प्रवक्ता डा. गोविन्द कंडेलले केटिएम दैनिकलाई बताए । कंडेलका अनुसार मृतक सुगर प्रेसरको रोगी थिइन् ।
मृतकको शवलाई हिजै आफन्तले सदगत गरेका छन् ।