साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ ।
शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ५०० रुपैयाँले घट्दा चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ९६ हजार ३०० कायम भएको छ । शुक्रबार यो मूल्य ९६ हजार ८०० थियो । त्यस्तै तेजावी सुनको मूल्य तोलाको ९५ हजार ८०० कायम भएको थियो । शुक्रबार उक्त मूल्य ९६ हजार ३०० थियो ।
त्यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेर एक हजार २०५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।