विभिन्न राजनैतिक दल समर्थित १५ वटा विद्यार्थीसंगठनले मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन् ।
नेपाली कांग्रेस समर्थित नेपाल विद्यार्थी संघ, विभिन्न कम्युनिस्ट पार्टी समर्थित अनेरास्ववियु, बैज्ञानिक समाजबादी बिद्यार्थी संगठन, राप्रपा समर्थित रास्ट्रबादी बिद्यार्थी संघ लगायत विभिन्न १५ वटा बिद्यार्थी संघ/संघठनले टेकु स्थित नेपाल आयल निगमको केन्द्रिय कार्यालय घेराउ गरेका गरेका हुन् ।
नेपाल आयल निगमले आइतबार मध्यरातबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु १० र खाना पकाउने ग्याँस सिलिन्डरमा प्रतिसिलिन्डर रु २०० का दरले मूल्य बढाएपछि सो को विरोधमा प्रदर्शन गरिएको हो ।
यसअगाडी सोमबार साँझ एमाले समर्थित अनेरास्ववियुका विद्यार्थीहरूले त्रिचन्द्र कलेज अगाडि मसाल जुलुस प्रदर्शन गरेका थिए भने मंगलबार अनेरास्ववियु र राष्ट्रिय युवा संघको संयुक्त आयोजनामा माइतिघरमा प्रदर्शन गरिएको थियो ।
सत्तारुढ दल नेपाली कांग्रेस समर्थित विद्यार्थी संगठन नेविसंघ पनि बुधबारदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध सडकमा ओर्लिएको हो । नेपाल आयल निगमले ११ महिनाको अवधिमा पेट्रोलमा ७८ रुपैयाँ वृद्धि गरेको छ ।
इन्धनको मूल्यवृद्धिबारे के भन्छन् सर्वसाधरण हेरौं भिडिओ
निगमले आइतबारदेखि लागू नगरेको नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर रु १८०, डिजेल र मट्टितेलको रु १६३ पुगेको छ भने खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर रु १८०० पुगेको छ ।
यसअगाडि वैशाख ३१ गते पनि निगमले पेट्रोलियम पदार्थमा प्रतिलिटर रु १० का दरले मूल्य बढाएको थियो ।
थप तस्बिरहरू