पोखरा महानगरमा सत्ता गठबन्धनका उम्मेदवार धनराज आचार्यले ५० हजार मत कटाएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार उनी एमालेका कृष्णबहादुर थापाभन्दा ४ हजार २९ मतले अगाडि छन् । नेकपा एकीकृत समाजवादीका आचार्यले ५० हजार ६१२ मत ल्याउँदा नेकपा एमालेका कृष्णबहादुर थापाको मत ४६ हजार ५८३ छ ।
सोही पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खरालले ५ हजार ३३७ मत पाउँदा लौरो चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार गनेस पौडेलले २ हजार ८६४ मत पाएका छन् ।
उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले ५३ हजार १७३ मत पाउँदा निकटतम् प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसकी कोपिला रानाभाटले ४९ हजार ५८६ मत ल्याएकी छिन् । गुरुङ रानाभाटभन्दा ३५ सय ८७ मतले अगाडि छिन् ।
यस्तै सोही पदमा राप्रपाकी रन्जनाकुमारी सेन पौडेल ५ हजार ३१८ मत पाउँदै तेस्रो स्थानमा छिन् ।
वैशाख ३० गते सम्पन्न निर्वाचनमा पोखरामा १ लाख ४३ हजार २२६ मत खसेको थियो ।