गत चैत १५ गतेपिछबाट अभिनेत्री करिश्मा मानन्धरलाई अर्को नामले चिनिन थाल्यो त्यो हो ‘सूर्जेकुमारी’ ।
कपिलवस्तुमा एमालेद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अभिनेत्री मानन्धरले आफ्नो न्वारनको नाम सूर्जेकुमारी रहेको बताइन् ।
स्थानीय तहको निर्वाचनको मुखैमा एमाले प्रवेश गरिकी तिनै सूर्जेकुमारकीको गृहनगरमा एमाले पराजित भएको छ ।
मानन्धनरको आफ्नै घर भएको ललितपुरको गोदावरी नगरपालिका र वडामा समेत एमालेका उम्मेदवार पराजित भएका हुन् । करिश्मालाई पार्टीमा ल्याएपछि अध्यक्ष केपी ओलीले गोदावरीमा पार्टीका उम्मेदवारले जित निकाल्ने अपेक्षा गरेका थिए । तर ओली अपेक्षा पुरा हुन सकेन ।
१४ वटा वडा नम्बर भएको गोदावरी नगरपालिकामा एमालेले एउटा मात्र वडा जित्न सक्यो । कांग्रेसले ११ वटा र माओवादी केन्द्रले दुईवटा वडा जित्यो । आफ्नै गृहनगरमा एमाले पराजित भएपछि अहिले करिश्मा फेरि चर्चामा आएकी छन् ।
एमालेको चुनावी सभामा गएर आफू पार्टी प्रवेश गर्नुको कारण खुलाउँदै उनले भनेकी थिइन्– न्वारनको मेरो नाम सूर्जेकुमारी हो । एमालेको चुनाव चिह्न पनि सूर्य नै हो ।
त्यही भएर अहिले सूर्जेकुमारी कता छिन् भनेर उनको खोजी सुरु भएको हो । ‘करिश्मा जुन पार्टीमा जान्छिन्, त्यो पार्टी भताभुंग हुन्छ ।’ भन्दै अहिले मजाक समेत गर्न थालिएको छ ।